समाचारसोमबार, पौष २८, २०७१

जनकपुरमा बन्दकर्ताको लडेर मृत्यु

हिमालखबर

जनकपुरमा बन्द आह्वान गर्दै हिडेका एक बन्दकर्ताको खाल्डोमा लडेर मृत्यु भएको छ । एमाओवादीसहितका तीस दलीय मोर्चाले आह्वान गरेको बन्दको क्रममा २८ पुसमा बजार बन्द गर्दै हिडेका एक जनाको लडेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा जनकपुर–४ का अन्दाजी २५ वर्षीय राजाराम झा रहेको प्रहरीले जनाएको छ । जनकपुरका प्रहरी उपरीक्षक गणेशबहादुर थापाका अनुसार  मोटरसाइकलमा बन्द गर्दै हिडेका उनी खाल्डोमा लडेर अचेत भएका थिए ।

उनलाई प्रहरीले नै उद्दार गरेर जनकपुरस्थित अञ्चल अस्पतालामा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए ।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>