समाचारसोमबार, पौष २८, २०७१

शीर्ष नेताहरुले प्रतिवद्धता गरे, ‘आमा वा बुवा लेखिन्छ’

हिमालखबर

प्रमुख दलका शीर्ष नेताहरुले नयाँ संविधानमा आमाको नामबाट नागरिकता दिने प्रावधान राख्ने प्रतिवद्धता जनाएका छन् ।

नेताहरुले संविधानमा ‘आमा वा बुवा’को नामबाट नागरिकता दिने प्रावधान राखिने प्रतिवद्धता जनाएको महिला अधिकारकर्मी सपनाप्रधान मल्ले बताइन् । उनका अनुसार अव नागरिकता पाउन बुवा अनिवार्य हुने छैनन् ।

यसअघि, आमा र बुवाको नामबाट नागरिकता दिने प्रावधान थियो । अधिकारकर्मीहरुले आमाको नामबाट पनि नागरिकता दिनुपर्ने माग राख्दै आएका थिए ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले बरिष्ठ नेता झलनाथ खनाल, एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराई, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा, कांग्रेस नेता नरहरी आचार्य, सभासद रुक्मीनी चौधरीलगायतले प्रतिवद्धता जनाएको हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>