थप समाचारसोमबार, पौष २८, २०७१

एक सय ३५ चेली बेचिनबाट जोगिए

हिमालखबर

चीनको खासामा गएको एक वर्षमा १३५ चेली बेचिनबाट जोगिएका छन् । सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकामा बेचबिखनविरुद्ध क्रियाशील सामाजिक संस्था माइती नेपालले पछिल्लो वर्ष खासा हिँडेका नेपाली चेलीलाई नाकाबाटै फर्काएर बेचिनबाट जोगाएको हो ।

सन् २०१४ मा खासाका डान्सबार तथा झुप्पामा काम गर्न हिँडेका उनीहरु माइती नेपालले परामर्शका क्रममा फर्काएको हो । माइती नेपालका अनुसार तीमध्ये १७ बालबालिका रहेका छन् । खासा हिँडेका उनीहरुलाई त्यहाँको अवस्थाबारे जानकारी नभएको पाइएपछि नाकाबाटै फर्काइएको माइती हो ।

परामर्शका क्रममा नेपालले जोखिममा रहेका ६७ चेलीलाई परिवारको जिम्मा र ६० जनालाई सिधै घर पठाएको हो । तथ्याङ्कअनुसार २०१४ को जनवरीमा १४, फेबु्रअरीमा २०, मार्चमा ११, अप्रिलमा १५, मेमा १४ र जुनमा आठजना चेलीलाई फर्काएको छ ।

माइती नेपालका अनुसार जुलाईमा आठ, अगस्टमा दुई, सेप्टेम्बरमा चार, अक्टोबरमा १४, नोभेम्बरमा सात र डिसेम्बरमा १८ जना चेलीलाई परामर्शका क्रममा फर्काइएको हो । तीमध्ये १७ बालबालिका रहेको माइती नेपालले जनाएको छ । नेपालले नाकामा रहेर यो एक वर्षमा दुई हजार २५८ लाई सुरक्षित स्थानगमनसम्बन्धी जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>