समाचारसोमबार, पौष २८, २०७१

सम्वाद समिति छोडेर दाहाल मोर्चाको बैठकमा

हिमालखबर

संविधानसभाले सहमतिका लागि दिएको अन्तिम दिन बसिरहेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक छाडेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोर्चाको बैठक बोलाएका छन् ।

दाहालले आकस्मिक बैठक भन्दै सिंहदरवारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा ३० दलीय मोर्चाको बैठक बोलाएका हुन् । जनकपुरमा बन्द गर्ने क्रममा आन्दोलनकारीको निधन भएपछि त्यसबारे छलफल गर्न भन्दै बैठक बोलाएका हुन् ।

दाहालले आफ्नो भनाई सम्वाद समितिमा राखेर मोर्चाको बैठकतिर लागेका छन् । दाहालसँगै मोर्चामा आवद्ध अन्य नेताहरु पनि सम्वाद समितिको बैठकबाट बाहिरिएका छन् ।

तर, दाहालका स्वकीय सचिव चुडामणी खड्काले मोर्चाको बैठक सक्नासाथ सम्वाद समितिको बैठकमा जाने बताए । उनले भने, ‘‘हाम्रा नेताहरु सम्वाद समितिमा छन्, मोर्चाको बैठक सक्नासाथ पुनः सम्वाद समितिको बैठकमा जाने कार्यक्रम छ ।’’

अहिले पनि सम्वाद समितिकाे बैठक जारी छ । तर, दाहाल बाहिरिएपछि एमालेका अध्यक्ष केपी अाेली पनि बैठकबाट बाहिरिएका छन् ।

उनी नियमित स्वास्थ्य जाँच गर्न भन्दै शिक्षण अस्पताल महाराजगञ्ज गएका छन् । बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति काेइराला पनि छैनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>