समाचारसोमबार, पौष २८, २०७१

मोर्चाको बन्दः कतै प्रतिकार कतै झडप, आफ्नै कार्यकर्ताको असमर्थन

हिमालखबर

बन्द खुलाउँन डडेल्धुरामा निस्किएका युवाहरु

बन्द खुलाउँन डडेल्धुरामा निस्किएका युवाहरु

दलीय वार्तामा एमाओवादी मोर्चाले उठाएको अजेण्डा अनुसार संविधान बनाउन कांग्रेस र एमाले तयार नभएको भन्दै चरणबद्ध रुपमा गर्दै आएको आम हड्ताल प्रतिकार गर्न व्यापारी र अधिकारकर्मीहरु सडकमै उत्रिएका छन् ।

२८ पुसमा तराईमा आह्वान गरेको बन्दको प्रतिकार गर्न व्यापारीहरु सडकमै उत्रेपछि मोर्चाका कार्यकर्तासँग झडप समेत भएको छ । झापामा व्यापारीले प्रतिकार गर्ने क्रममा बन्द गर्दै हिडेका मोर्चाका कार्यकर्ता घाइते भए भने लाहानमा झडप हुँदा पूर्वमन्त्रीसहित पाँच जना घाइते भए ।

यता, डडेल्धुरामा बन्द विरुद्ध सर्वसाधरण नै उत्रिए । सर्वसाधरण सडकमै उत्रेपछि बन्द खुलेको थियो । यसबाहेक अन्य ठाउँमा मोर्चाले कतै आंशिक वा पूर्ण बन्द हुँदा जनजीवन नराम्रोगरी प्रभावित बनेका छन् ।

मोर्चाकै नेतृत्व गरिरहेको एमाओवादी नेता बाबुराम भट्टराई संयोजक रहेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा सहमतिको प्रयास भइरहेका बेला केन्द्रले आह्वान गरेको बन्दलाई आफ्नै कार्यकर्ताको पनि पूर्ण समर्थन थिएन ।

सम्वाद समितिकाे बैठकमा कांग्रेस एमालेलगायतका नेताहरुसँग एमाअाेवादीका नेताहरु ।

सम्वाद समितिकाे बैठकमा कांग्रेस एमालेलगायतका नेताहरुसँग एमाअाेवादीका नेताहरु ।

भट्टराईको जिल्ला गोरखामा बन्द गराउँदै हिडेका पाँच जनाको समूहले मोटरसाइकल तोडफोड गरे । बन्दकर्ता नै नदेखिएपछि मोटरसाइकलमा यात्रारत शंकर बयलकोटीको ग ८ प ८८०४ नम्बरको मोटरसाइकल तोडफोड भएको छ ।

बयलकोटीको मोटरसाइकल गोरखा नगरपालिका–६, खल्लुबोटेस्थित सडकमा मोटरसाइकल तोडफोड गरिएको थियो । यसअघि २७ पुसमा पश्चिमाञ्चल बन्दका क्रममा पोखरा लेकसाइडका आमा समूहले बन्दको प्रतिकार गरेका थिए ।

एमाअाेवादीले सहमति नभए संविधानसभा, सडक र वार्तामार्फत कांग्रेस–एमालेसँग भीड्ने निर्णय गरिसकेकाे छ ।  एमाअाेवादीकाे याे दाेहाेपनले लगभग कुरा मिलिसकेकाे विवाद सुल्झन सकेकाे छैन ।

दलीय सम्वादमा बसेकाे एमाअाेवादी माेर्चा अाम हड्तालसहितकाे कार्यक्रम अायाेजना गरेकाे छ ।

यसैबीच, जनकपुरमा निधन भएका कार्यकर्तालाई शहीद घाेषणा गर्न माग गर्दै २८ पुस साँझ बसेकाे माेर्चाकाे बैठकले पुन: २९ पुसमा तराई बन्दकाे अाह्वान गरेकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>