समाचारमंगलबार, पौष २९, २०७१
सूर्यबहादुर थापाले प्रतिवेदन पेश गरे, छलफल १ माघबाट
एमाओवादी र मधेशवादी लगायतका आन्दोलनकारी दलहरु २९ पुसको संविधानसभा बैठकमा अनुपस्थित भए पनि बैठक सम्पन्न भएकाे छ ।
अाजकाे बैठकमा संविधानसभा बैठकमा संवैधानिक, राजनीतिक संवाद तथा सहमति समतिको प्रतिवेदन पूर्व निर्धारित कार्यक्रम अनुसार राप्रपाका पूर्व अध्यक्ष एवम् समितिका सदस्य सभासद् सूर्यबहादुर थापाले पेश गरेका छन् ।
संविधानसभा कार्यव्यवस्था परामार्श समितिले जारी गरेको सूचना अनुसार थापाले संविधानसभा नियमावली ७० को नियम ८३ को १ बमोजिम प्रतिवेदन पेश गरेका हुन् ।
समितिका सभापति एवम् माओवादी सभासद् बाबुराम भट्टराई अनुपस्थित हुने भएपछि थापाले प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदनमाथि छलफल गर्न अागामी १ माघमा बैठक बाेलाइएकाे छ ।
सहमतिमै संविधान जारी गर्न दबाबका लागि भन्दै संविधानसभा छोडेर सडकमा उत्रिएको एमाओवादीले भने आफ्ना सभासदहरुलाई संविाधानसभामा नजान निर्देशन दिएको छ ।
कपिल भट्ट
