समाचारमंगलबार, पौष २९, २०७१

बन्दले जनजीवन प्रभावित, प्रतिकारमा सर्वसाधरण, सय बढी बन्दकर्ता पक्राऊ परेको दावी

हिमालखबर

एमाओवादीसहित ३० दलीय मोर्चा र नेकपा–माओवादीले बन्द आह्वान गरेपछि मध्यमाञ्चल र तराईको जनजीवन प्रभावित बनेको छ ।

नयाँ बानेश्वरकाे सडक कब्जा गर्दै बसेका बन्दकर्ता

नयाँ बानेश्वरकाे सडक कब्जा गर्दै बसेका बन्दकर्ता

जनकपुरमा २९ पुसमा बन्दकर्ताको निधन भएपछि तराईका जिल्लाहरुमा मोर्चाले दोस्रो दिन बन्द गराएका हुन् । काठमाडौंलगायत वरिपरीका जिल्लाहरुमा मोर्चाले बन्द गरेपछि यातायात, पशल, शैक्षिक संस्थालगायत बन्द गराएका छन् ।

सडक कब्जा गर्दै चाबहिलमा बन्दकर्ता

सडक कब्जा गर्दै चाबहिलमा बन्दकर्ता

काठमाडौंका विभिन्न ठाउँहरुबाट सय भन्दा बढी बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको एमाओवादीका नेता गिरिराजमणी पोखरेलले बताए । उनले नेता तथा कार्यकर्ताहरु पक्राउ परेको बताए ।

प्रहरीले महाराजगञ्जबाट संघीय समाजवादी पार्टीका उपमहासचिव अजम्बर राई काम्वाङ, सचिव पूर्ण बुढामगरलगायत सात जना र कोटेश्वरबाट अग्रगामी विद्यार्थी युनियनका उपाध्यक्ष सञ्जय राईसहित १० जना पक्राउ गरेको छ ।

चाबहिलमा एक युवतिलाई राक्दै बन्दकर्ता ।

चाबहिलमा एक युवतिलाई राक्दै बन्दकर्ता ।

बन्दको प्रतिकार गर्दै काठमाडौंमै पनि सर्वसाधरण निस्किएका छन् । उनीहरु नेपाल खुल्ला छ भन्ने व्यानरसहित प्रतिकारमा निस्किएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>