थप समाचारमंगलबार, पौष २९, २०७१

‘शार्ली एब्डो’को कभरमा फेरि पनि मोहम्मद

हिमालखबर

गत शुक्रबारको ‘शार्ली एब्डो’ को सम्पादकीय बैठक । तस्वीरः एपी

गत शुक्रबारको ‘शार्ली एब्डो’ को सम्पादकीय बैठक । तस्वीरः एपी

फ्रान्सको व्यंग्य पत्रिका ‘शार्ली एब्डो’ ले आफ्नो नयाँ अंकको कभर पेजमा फेरि पैगम्बर मोहम्मदको कार्टून छाप्ने भएको छ ।

पत्रिकाका सम्पादक शार्ब र चारजना वरिष्ठ कार्टूनिस्टसहित १२ जनाको ज्यान जाने गरी भएको ‘शार्ली एब्डो’ माथिको आक्रमणपछि निकै चर्चामा आएको पत्रिकाले आगामी बुधबार प्रकाशन गर्ने अंकको कभर पेज फ्रान्सेली मिडियाहरुले प्रकाशित गरेका छन् ।

कभर पेजमा पैगम्बर मोहम्मदले ‘म शार्ली हुँ’ लेखिएको कार्ड देखाएका छन् भने त्यसको माथि लेखिएको छ, ‘सबैलाई माफ गरिन्छ ।’

वुधबार प्रकाशन हुने शार्ली एब्डोको कभरपेज फ्रान्सेली मिडियाले प्रकाशित गरेका छन्।

वुधबार प्रकाशन हुने शार्ली एब्डोको कभरपेज फ्रान्सेली मिडियाले प्रकाशित गरेका छन्।

पत्रिकाका वकिल रिचर्ड माल्काले स्थानीय रेडियोसँग कुरा गर्दै भनेका छन, “पत्रिका चरमपन्थीसँग झुक्दैन भन्ने देखाउनु जरुरी छ ।”

पहिले ६० हजार प्रति छापिने ‘शार्ली एब्डो’ वुधबारको अंक भने तीन लाख प्रति छापिने बताइएको छ ।

आक्रमणका बेला आक्रमणकारीले ‘पैगम्बर मोहम्मदको बदला लिएको’ भनेका थिए । आक्रमणपछि ‘म हुँ शार्ली’ भन्ने नाराका साथ ठूलोसंख्यामा पत्रिकाप्रति समर्थन देखिएको छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>