समाचारमंगलबार, पौष २९, २०७१
जनजाति महासंघका अध्यक्ष कुमाल सभासद मनोनित
आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल सभासद मनोनित भएका छन् ।
कुमाललाई २६ जना मनोनित सभासदमा नियुक्त गरिएको हो । कुमालले भने, ‘‘बधाई आइरहेको छ, भर्खरै थाहा पाए ।’’
कुमाललाई कांग्रेसको भागमा परेको ९ जना मध्येबाट मनोनित गरिएको हो । महासंघका महासचिव पेम्बा भोटे एमाले कोटाबाट मनोनित भइसकेका छन् ।
