समाचारमंगलबार, पौष २९, २०७१
संविधान बन्ने भएपछि उनीहरु आन्दोलनमा लागे: ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाओवादी नेतृत्वको मोर्चाका कारण संविधानसभा धरापमा परेको बताएका छन् ।
२९ पुसमा संविधानसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै एमाले अध्यक्ष ओलीले देशहित र जनहितको संविधान बनाउने बेला एमाओवादी लगायत दलहरूले आन्दोलन गरेर संविधानसभालाई धरापमा पार्न खोजेको बताए ।
उनले भने, “अरु दलहरुले संविधान बनाउँछन् भन्ने लागेर उनीहरू ९एमाओवादी नेतृत्वको मोर्चा० संविधानसभाबाट भागेका हुन्, जनताको अपेक्षामाथि यो भन्दा ठूलो खेलवाड के हुन सक्छ ?”
उनले एमाओवादी नेतृत्वको मोर्चाले संविधानसभाको अनादर गरेको आरोप लगाए ।
“कोही संविधानसभाबाट बाहिर गए पनि संविधान निर्माणको प्रक्रिया रोकिंदैन, हामी हात बाँधेर बस्दैनौं ।”
हामी अहिलेपनि सहमतिकै पक्षमा छौ भन्दै उनले आवेश र उत्तेजनामा नभई संविधानसभाको प्रक्रियामा सहभागि हुन मोर्चालाई आग्रहसमेत गरेका छन् ।
कपिल भट्ट, काठमाडौं
