समाचारमंगलबार, पौष २९, २०७१

बन्दकर्ताले कलेज शिक्षक र विद्यार्थी कुटे

हिमालखबर

बन्दकर्तादहरुले विराटनगरस्थित सिटी कलेजका शिक्षक र विद्यार्थीमाथि कुटपिट गरेका छन् ।

बन्दकाे उल्लङ्घन गरेकाे भन्दै कलेजका शिक्षकहरु युवराज भण्डारी, धरणी खनाल र भूपराज भट्टराईका साथै उपस्थित विद्यार्थीलाई समेत कुटपीट गरेका हुन् ।

घटनाप्रति सरोकारवाला संस्थाले पत्रकार सम्मेलनमार्फत क्षतिपूर्तिका साथै कानुनी कारबाहीको माग गरेको छ । नेपाल विश्वविद्यालय सङ्घ (नुप्का) र उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान)ले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरी आजको बन्द पूर्व घोषित नभएको अवस्थामा कलेज आएका विद्यार्थीलाई फर्काइदिने काम गर्दागर्दै शिक्षक, विद्यार्थीमाथि हातपात र रोकी राखिएको ना ३ ख ४६८६ नम्बरको बसको सबै सिसा फोरिएको जानकारी गराए ।

पत्रकार सम्मेलन गर्दै हिसानका अध्यक्ष बलराम पन्तले भने, “राज्यसँगको रिस निर्दोष विद्यार्थी र शिक्षकमाथि पोख्नु कहाँसम्म उचित थियो ?”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>