समाचारमंगलबार, पौष २९, २०७१
हड्ताल फिर्ता लिन कांग्रेसको अपील
नेपाली कांग्रेसले बन्द–हड्ताल लगायतका कार्यक्रम फिर्ता लिन एमाओवादीसहितका मोर्चालाई आग्रह गरेको छ । २९ पुसमा विज्ञप्ति निकालेर कांग्रेसले बन्द–हड्ताल फिर्ता लिएर जिम्मेवार रुपमा प्रस्तुत हुन अपील गरेको हो ।
कांग्रेस मुख्य ऋषिकेश तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिका भनिएको छ, “बन्द, आम हड्ताल आयोजक संविधानसभाभित्र रहेका दलहरु लगायतको मोर्चा र संविधानसभा बाहिर रहेका दलहरुलाई नेपाली जनताको जनमत र भावनाको उपेक्षा नगर्न आग्रह गर्दै तुरुन्त यस किसिमका गैर जिम्मेवार र आम नेपाली जनताको दैनिक जीवन तथा समग्र मुलुककै हित प्रतिकूलका गतिविधिहरु (बन्द, आम हड्ताल) यथाशीघ्र फिर्ता लिई जिम्मेवार रुपमा प्रस्तुत हुन नेपाली कांग्रेस आग्रह गर्दछ ।”
कांग्रेसले बन्द–हड्ताल गर्ने एमाओवादीसहितको मोर्चा जनताको चाहना अनुसार संविधानसभाबाट संविधान जारी गर्न इमान्दार नदेखिएको पनि आरोप लगाएको छ । संविधानसभाबाटै सहमति खोजेर संविधान जारी गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ ।
