समाचारमंगलबार, आश्विन ३०, २०६९

सहकार्यले मात्र निकास: प्रधानमन्त्री

हिमालखबर

पछिल्लो समयमा राष्ट्रपतिले दलहरुसँग चुनावको मिति प्रक्रिया तोकेर थोकमै सहमति गर्न सार्वजनिक अभिव्यक्ति दिएपछि आपत्ति
जनाएका प्रधानमन्त्री बाबुराम भट्टराईलाई ३० असोजमा राष्ट्रपतिले आफ्नै निवासमा बोलाएर त्यसबारेमा जानकारी लिएका हुन् ।

३० असोज विहान राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री भट्टराईले दुबैबीच वर्तमान परिस्थितिका बारेमा खुलेर कुरा भएको र सहकार्य गरी निकास दिने सहमति भएको बताए  । प्रधानमन्त्रीले भने, “सहमति कायम गरी राष्ट्र प्रमुख र सरकार प्रमुखबीचको सहकार्यले मात्र मुलुकलाई निकास दिन सकिनेमा सहमति भएको छ ।”

बिहान ९ बजेदेखि करिब साढे दुई घण्टा भएको भेटवार्तामा राजनीतिक निकासका विषयमा तथा पछिल्ला अभिव्यक्तिहरुबारे खुलेरै छलफल भएको थियो । छलफलमा राजनीतिक गतिरोध अन्त्यका लागि दुवैको भूमिका उत्तिकै हुने भन्दै दुवैले आ–आफ्नो भूमिका निर्वाह गर्ने विषयमा सहमति भएको भट्टराईले बताए । उनले थपे, “अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्न दुवैको सकारात्मक भूमिका हुने भएकाले मिलेर अगाडि बढ्ने बारेमा बृहत छलफल भयो ।”

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री भट्टराई दुबैले संविधान सभाको पुनःस्थापना निकासको उत्तम विकल्प हुने वताइरहेका बेला २९ असोजमा राष्ट्रपतिले निर्वाचनमा जानुको विकल्प नभएको वताएका थिए ।

यसैबीच असोज मसान्तभित्र सहमति जुटाउने प्रतिवद्धता गरेको राजनीतिक दलहरुले  सहमति जुटाउन नसकेपछि राष्ट्रपतिले ३ कार्तिकमा फेरि सबै दलका शीर्ष नेताहरुलाई शितल निवासमा बोलाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>