समाचारमंगलबार, पौष २९, २०७१

आन्दोलन एमाओवादीको विखण्डनकारी हुटहुटी होः मन्त्री बस्नेत

हिमालखबर

reporters_clubउद्योगमन्त्री महेश बस्नेतले एमाओवादी नेतृत्वको मोर्चाले गरेको आन्दोलनलाई ‘विखण्डनकारी हुटहुटी’ भएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब २९ पुसमा आयोजना गरेको साक्षात्कारमा मन्त्री बस्नेतले एमाओवादी र मधेशकेन्द्रित दलहरुलाई सडकमा सम्पूर्ण जनता उतारेर देखाउन चुनौति दिदै सरकारले आन्दोलनको प्रतिकार नगर्ने बताए ।

उनले अहिलेको सबैभन्दा अप्रिय विषय आन्दोलन भएको भन्दै जनताले साथ नदिएपछि मोर्चाको आन्दोलन आफै सेलाएर जाने दाबी गरे ।

संविधान बनाएर विदेशी लगानी भित्र्याउने महत्वपूर्ण बेलामा विपक्षीले आन्दोलनको नाटक गरेर प्रभावित पारेको बस्नेतको भनाई थियो ।

उनले भने, “प्रक्रियालाई आत्मसात गरेर माघ ८ गते कम्तिमा पनि संविधानको मस्यौदा दिनुको विकल्प छैन, त्यसैले म विपक्षीदलहरुलाई विखण्डनकारी सोच त्याग्न आह्वान गर्छु ।”

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले जनताको नाममा जनतालाई दुख दिने काम आन्दोलनले गरेको आरोप लगाउँदै विपक्षी दलहरुलाई वार्तामा आउन आह्वान गरे ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले संविधान जारी गर्न अब २०० घण्टामात्रै बाँकी रहेको भन्दै मुलुकमा आर्थिक क्रान्तिको जग बस्ने बेलामा बन्द हडताल उपयूक्त नभएको बताए ।

उनले बन्दलाई सधैको लागि बन्द गरेर मुलुकलाई विकासको दिशामा अघि बढाउन तर्फ लाग्न आग्रह गर्दै अब बन्ने संविधानमै बन्द गर्न नपाइने ब्यवस्था गर्न समेत आग्रह गरे ।

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलियाले दलहरुले पर्यटन क्षेत्रमा बन्द नगर्ने भनि ब्यक्त गरेको प्रतिबद्धता यो आन्दोलनबाट टुटेको भन्दै पर्यटक आउने सिजनमा भएको बन्दले पर्यटकीय क्षेत्रलाई ठूलो धक्का पुगेको गुनासो गरे ।

उनले चेतावनी दिए, “बन्द फेरि पनि गरियो भने हामी त्यसको विरोधमा शान्ति जुलुस निकाल्छौं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>