समाचारमंगलबार, पौष २९, २०७१

अब प्रकृया शुरु हुन्छ: नेम्वाङ

हिमालखबर

subash_nembangसंविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अब संविधान निर्माणको  प्रकृया अघि बढ्ने बताएका छन् ।

सिंहदरबास्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दलहरु सहमतिका लागि गम्भीर नभएकाले अब संविधान, कानून र प्रचलित अभ्यास बमोजिम प्रक्रिया अघि बढ्ने बताए । प्रकृया अघि बढाउन सहमति जुट्न नसकेका विषयमा प्रश्नावली निर्माणका लागि सभाले विशेष समिति गठन गर्न सक्ने उनले जानकारी गराए ।

उनले भने, “दलहरुबीच सहमति हुनाको साटो आपसी तिक्तता र चिसोपना बढेकाले अब संविधानसभामा प्रक्रियाका माध्यमबाट संविधान निर्माण प्रारम्भ हुन्छ ।”

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई २९ पुस बिहानसम्म दिइएको अन्तिम समयसीमामा पनि संविधानका अन्तर्वस्तुमा सहमति नभएकाले सहमतिबाट तोकिएको समयमा संविधान ल्याउन कठिन हुँदै गएकाे उनले प्रष्ट पारे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>