समाचारमंगलबार, पौष २९, २०७१
संविधान विरोधिसँग भीड्ने युवा संघको चेतावनी
जनताको भावना अनुसार निर्धारित मितिमा संविधान ल्याउन नदिने विरुद्ध संघर्षमा उत्रने युवा संघ नेपालले चेतावनी दिएको छ ।
२९ पुसमा पत्रकार सम्मेलन गर्दै युवा संघले घोषणापत्रमार्फत जनतासँग गरेको प्रतिवद्धता अनुसार ८ माघमा प्रकृयाबाट भएपनि संविधान ल्याउनुपर्ने जनाएको छ ।
दुई तिहाईबाट भएपनि संविधान ल्याउन कांग्रेस र एमालेले खुट्टा कमाउन नहुने संघका उपाध्यक्ष झपट रावलले बताए । उनले भने, ‘‘वार्ता र सम्वाद मार्फत सहमति कायम गर्न सवै लाग्नुपर्छ, जनतालाई दुख दिने काम बन्द गर्नुपर्छ ।’’
युवाका संघका सचिव रमेश पौडेलले बन्द हड्तालले कसैलाई भलो नहुने भएकाले त्यस विरुद्ध उत्रने जनतालाई संघले साथ दिने बताए ।
