समाचारमंगलबार, पौष २९, २०७१

अखण्ड नेपालद्वारा संविधानको खाका जारी

हिमालखबर

अखण्ड नेपाल पार्टीले ‘नेपालको संविधान २०७१’ को खाका जारी गरेको छ ।

२९ पुसमा पत्रकारसम्मेलन गर्दै पार्टीका प्रवक्ता प्रदीप ढकालले संविधान जारी गरेको घोषणा गर्दै आफूहरूले जनतासँग गरेको प्रतिवद्धताअनुसार नै एक वर्षभित्रै संविधान जारी गरेको बताए ।

एक वर्षभित्र संविधान जारी गर्छौं भनेर प्रतिवद्धता जनाएका ठूला दल ८ माघमा संविधान जारी गर्न असक्षम भएर देश र जनतालाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै संविधानसभामा एकमात्र सभासद् भएको पार्टी भएपनि आफूहरूले इमान्दारपूर्वक संविधान जारी गरेको पार्टीको भनाइ छ ।

शासकीय स्वरुपमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति, राज्यको पुनःसंरचनामा हिमाल, पहाड, तराई जोडिने गरी अहिलेको पाँच विकास क्षेत्र र उपत्यकाका तीन जिल्ला गरी छ प्रदेश रहेको सो पार्टीद्वारा जारी संविधानमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>