समाचारमंगलबार, पौष २९, २०७१
अख्तियारकै अधिकृतहरु घुस लिदै गर्दा पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान भइरहेको मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा आफ्ना दुई अधिकृतलाई पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार शाखा अधिकृत विनोद अमात्य र लेखा अधिकृत तोयानाथ शर्माले मुद्दा मिलाइदिन्छु भन्दै जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख नारायण ओझासँग रु.दुई लाख घुस लिएको अभियोगमा पक्राउ गरिएको हाे ।
अमात्य र शर्मा आयोगको क्षेत्रीय कार्यालय पोखराबाट स्थलगत अध्ययनको क्रममा पर्वत गएका थिए ।
अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भनी घुस लिने कार्य आयोगको मूल्य र मान्यता विपरीत रहेको तथा अनुचित लाभ लिने विषय झनै गैरकानुनी रहेको भन्दै प्रवक्ता शर्माले उनीहरुलाई हिरासतमा राखेर छानबिन गरिएको बताए ।
