थप समाचारबुधबार, पौष ३०, २०७१
फास्ट ट्रयाकबाट संविधान ल्याउनेबारे सत्तारुढ दलबीच छलफल
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच फास्ट ट्रयाकबाट संविधान ल्याउनेबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ३० पुसमा बसेको बैठकमा ८ माघमै फास्ट ट्रयाकबाट संविधान ल्याउनेबारे छलफल भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए ।
“संविधानसभामा पेश भएको संवाद समितिको प्रतिवेदन, संविधानसभा निमावली लगायतको विषयमा छलफल भयो,” बैठकबाट बाहिरिने क्रममा उनले भने, “फास्ट ट्रयाकबाट कसरी संविधान ल्याउन सकिएला भन्नेमा कुरा भयो ।”
एमाले नेता माधवकुमार नेपालले संविधान निर्माण प्रक्रिया र सहमति प्रयास सँगै लैजाने विषयमा छलफल भएको बताए । उनले भने, “आन्दोलनरत पक्ष हड्ताल छाडेर प्रक्रियामा आउनुपर्छ ।”

