समाचारबुधबार, पौष ३०, २०७१

माअाेवादीले ३ र ५ माघमा नेपाल बन्द नगर्ने

हिमालखबर

एमाओवादीसहितको ३० दलीय मोर्चाले आह्वान गरेको ५ माघ र नेकपा–माओवादीले आह्वान गरेको ३ माघको नेपाल बन्द नहुने भएको छ ।

यसअघि, छुट्टा–छुट्टै बन्द गर्दै आएका दुई माओवादीले अव संयुक्त हड्ताल गर्न भन्दै ३ र ५ गते आह्वान गरिएको बन्द फिर्ता लिएका हुन् । ३ माघमा वैद्य माओवादी र ५ माघमा एमाओवादीले बन्द आह्वान गरेका थिए ।

तर, ३० पुसमा बसेको संयुक्त बैठकले ६ माघमा नेपाल बन्द गर्ने निर्णय गरेको छ । यो हड्ताललाई पद्मरत्न तुलाधर नेतृत्वको राष्ट्रिय जनजाति आन्दोलन समितिले समर्थन जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>