समाचारबुधबार, पौष ३०, २०७१

संविधान नबन्नुमा चार दलका नेता दोषीः राप्रपा नेपाल

हिमालखबर

kamal-thapa1राप्रपा नेपालले निर्धारित समयभित्र संबिधान बन्न नसक्ने भन्दै त्यसका लागि नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेशवादी दलका शिर्ष नेताहरु जिम्मेवार रहेको आरोप लगाएको छ ।

राप्रपा नेपालको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले भनेको छ, “संबिधानसभाको अधिकारलाई अपहरण गरी सर्वसत्तावादी ढंगबाट काम गर्ने ती नेताहरुको अकर्मण्यता, सत्तालिप्सा र असक्षमता नै संबिधान नबन्नुको मुल कारण हो ।”

उसले आफ्नो मान्यता र अजेण्डा फरक भए पनि विधि र प्रक्रिया अनुसार गरिने निर्णय पार्टीले स्वीकार गर्ने धारणा व्यक्त गर्दै आएको तर, केही दलका नेताहरुले संबिधानसभा बाहिर निर्णय गर्ने अनि त्यस्तो निर्णय संबिधानसभामा लाद्ने दुस्प्रयास गरी संबिधानसभाको समय व्यर्थैमा गुजारेको पनि आरोप लगाएको छ ।

८ माघभित्र संबिधान नबन्ने भए पछि अब सहमति हुन नसकेका विवादित बिषयहरु (धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता) बारे फागुन वा चैत महिनामा अन्तरिम संबिधान र नियमावलीमा व्यवस्था भए बमोजिम जनमत संग्रह गरिनु पर्ने राप्रपा नेपालकोे निष्कर्ष छ ।

राप्रपा नेपालको केन्द्रीय समिति बैठकले ४ माघदेखि जनसंघर्षको कार्यक्रम संचालन गर्ने पनि निर्णय गरेको छ ।

धर्मनिरपेक्षता, गणतन्त्र र संघियता वारे जनमत संग्रहको माग गर्दै हुने ‘जनसंघर्ष’ को पहिलो चरणमा ४ माघमा सबै जिल्ला सदरमुकाममा प्रदर्शन, ¥याली तथा जनसभाहरु आयोजना गर्ने, काठमाडौं उपत्यकामा बबरमहलबाट जुलुश शुरु गरी संबिधानसभा भवन अगाडि बानेश्वरमा धर्ना र घेराउ गर्ने, नेपाललाई सनातन हिन्दुराष्ट्र घोषणा गरिनु पर्ने मागसहित देशभरबाट संकलन गरिएको हस्ताक्षर संबिधानसभाका अध्यक्षलाई बुझाउने लगायतका कार्यक्रमहरु निर्धारण गरेको छ ।

त्यस्तै ‘जनसंघर्ष’ प्रभावकारी ढंगबाट संचालन गर्न पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा जनसंघर्ष परिचालन समिति समेत गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>