समाचारबुधबार, पौष ३०, २०७१
संविधानसभा बैठक एक दिन सर्यो
१ माघमा माघी पर्व परेकाले संविधानसभाको बैठक एक दिन सरेको छ ।
२९ पुसमा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदन संविधानसभामा प्रस्तुत भएपछि १ माघबाट प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम तय भएको थियो ।
तर, १ माघमा माघी पर्व परेको भन्दै मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले एक दिन सार्न अनुरोध गरेपछि २ माघ विहान १० बजेसम्म बैठक सरेको हो ।
कार्यतालिका अनुसार संविधान आउनुपर्ने मिति ८ माघ आउन हप्तादिन मात्रै भएकाले सभाध्यक्ष नेम्वाङले १ माघमै बैठक बोलाएका थिए ।
