समाचारबुधबार, पौष ३०, २०७१
प्रक्रियाबाटै संविधान जारी हुन्छः उपप्रधानमन्त्री गौतम
उपप्रधानमन्त्री बामदेव गौतमले प्रक्रियाबाट ८ माघभित्रै संविधान आउने दाबी गरेका छन् ।
बर्दीयाको बाँसगढीमा आयोजित मध्यपश्चिम औद्योगिक व्यापार मेलाको उद्घाटन गर्न ३० पुसमा बर्दिया आइपुगेका गौतमले तोकिएकै समयमा संविधान जारी गरेर संविधान जारी गर्न दिँदैनौं भन्नेलाई जवाफ दिने बताए ।
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आन्दोलन गरेपनि संविधान निर्माण कार्य नरोकिने उनको भनाई छ ।
महोत्सव उद्घाटन गरेर ३० पुसमै गौतम राजधानी फर्किएका छन् ।
केशव राना/बाँके
