समाचारबिहीबार, माघ १, २०७१
शान्ति प्रक्रिया बिथोल्न खोजिदैंछः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले शान्ति प्रक्रियालाई अझै पनि बिथोल्न प्रयास भइरहेको बताएका छन् । भैरहवामा निर्माण शुरु भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको १ माघमा शिलान्यास गर्दै उनले अब देशले अशान्तिबाट मुक्त पाउनुपर्ने बताए ।
अझै पनि शान्ति प्रक्रिया बिथोल्ने प्रयास भइरहेको भन्दै उनले विकासको गति अघि बढाउन सबैसँग आग्रह गरे । उनले भने, “अब नेपाल र नेपालीले अशान्तिबाट मुक्त पाउनुपर्छ, शान्ति र अमनचयन कुनै पनि हालतमा खल्बलिन दिनुहुन्न ।”
प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका सन्दर्भमा लोकतन्त्रमा पहिलो सहमति, सहमति नभए प्रक्रिया नै महत्वपूर्ण भएको बताए । सहमतिको निम्ति केही लिने, केही छाड्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, “अझै पनि केही शक्तिहरु शान्ति र संविधान निर्माण नहोस् भन्ने चाहनामा छन् ।”
