समाचारशुक्रबार, माघ २, २०७१
शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीन
संविधानसभा बैठक जारी रहेकै बेला २ माघमा बसेको सभाध्यक्ष नेम्बाङसहित चार दलका शीर्ष नेताहरुको बैठक विना कुनै निष्कर्ष टुंगिएको छ ।
दलहरुबीच न्यूनतम समझदारी जुटाउन भन्दै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले कांग्रेस, एमाले, एमाओवादी र मधेशकेन्द्रित दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै एमाओवादी नेता बाबुराम भट्टराईले बैठकमा कुनै निर्णय नभएको र सहमति जुटाउने प्रयासस्वरुप ३ माघमा पुनः बैठक बस्ने जानकारी दिए ।
सेन्छेलुङ लिम्बु
—————————————————————————
चार दलका शीर्ष नेता र सभाध्यक्षको बैठक शुरु
संविधानसभाको बैठक जारी रहेका बेला संविधानसभा अध्यक्षको उपस्थितिमा चार दलका शीर्ष नेताहरुको छुट्टै बैठक शुरु भएको छ ।
२ माघमा १ः ३० बजे नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेश केन्द्रित नेताहरुबीच पूर्व निर्धारित बैठक संविधानसभा भवनभित्रै सभाध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा शुरु भएको हो ।
कांग्रेस एमाले लगायतका दलहरुले प्रक्रियाबाट गएरै भए पनि संविधान जारी गर्नु पर्ने अडान लिइरहेको र प्रक्रियाबाट संविधान जारी हुन नदिने एमाओवादी र मधेश केन्द्रित दलहरुले तयारी गरेका बेला अध्यक्ष नेम्वाङले शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।
बैठकमा दलहरुबीच सहमतिका लागि र कम्तिमा पनि प्रक्रियाका लागि सहमति जुटाउने अध्यक्ष नेम्वाङको प्रयास रहनेछ ।
सेन्छेलुङ लिम्बु
