समाचारशुक्रबार, माघ २, २०७१
एमालेले बृहत कार्यकर्ता भेला गर्ने
सत्तारुढ दल नेकपा एमालेले आगामी ५ माघमा काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ ।
गत १८ पुसदेखि देशका विभिन्न क्षेत्र तथा जिल्लामा भेला आयोजना गरिसकेको एमालेले काठमाडौंमा भेला गर्न लागेको एमाले सचिव प्रदिप ज्ञवालीले बताए ।
उनका अनुसार प्रज्ञाभवन कमलादीमा हुने भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपप्रधानमन्त्री बामदेव गौतम र महासचिव ईश्वर पोखरेलले भेलामा सम्बोधन गर्दैछन् ।
८ माघमै संविधान जारी गर्न दबाव दिन एमालेले भेला आयोजना गरिरहेको छ ।
