समाचारशुक्रबार, माघ २, २०७१

विषय र प्रक्रियामा सहमति भए ८ माघमै संविधान: सभाध्यक्ष

हिमालखबर

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विषय र प्रक्रियामा दलहरुबीच सहमति भएमा अझै पनि ८ माघमै संविधान जारी गर्न सकिने बताएका छन् ।

सम्पादक समाज नेपालले गरेको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार वितरण तथा सम्मान’ कार्यक्रममा उनले दलहरुले विषय र प्रक्रियामा सहमति गरेमा ऐन, कानून र स्थापित मान्यताअनुसार निर्धारित मितिमै संविधान जारी गर्न सकिने बताए ।

सभाध्यक्ष नेम्वाङले दलहरुले विषय र प्रक्रियामा तत्काल सहमति नगरे सामान्य प्रक्रियामा गएर संविधान जारी गर्न बढी समय लाग्ने हुनाले दलहरुलाई सहमति गर्न सबै क्षेत्रबाट सकारात्मक दबाब दिनुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>