समाचारशुक्रबार, माघ २, २०७१

ओलीले भने, ‘म हुँ तराईको प्रतिनिधि’

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू तराईकोे प्रतिनिधि भएको बताएका छन् ।

oliमधेशकेन्द्रित केही दलहरुले ओलीलाई मधेश विरोधी भएको आरोप लगाइरहेका बेला ओलीले २ माघमा आफ्नै निवास बालकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “तराईवाला पार्टीले भन्दा तीन गुणा बढी हाम्रो मत छ ।

मैले पहाडबाट प्रतिनिधित्व गरेको छैन, तराईबाटै गरेको छु । माधव नेपालले तराईबाटै जित्नुभएको छ ।”

रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले भने, “मधेशका केही जमिन्दारहरुले तीतो पोख्छन् भने हाम्रो केही भन्नु छैन ।” अध्यक्ष ओलीले आफू सँधै तराईका गरीब, दलित र निमुखाको पक्षमा रहेको दाबी गरे ।

“मेरो निर्वाचन क्षेत्र पनि मधेश हो, त्यहाँको उन्नति र विकासका लागि म चिन्तित छु, ओलीले अगाडि भने, “राज्यबाट होइन, त्यहीँका ठूला एवं सामन्तले मधेशमा शोषण र विभेद गरेका छन् ।”

उनले जातीय आधारमा संघीयता र एक मधेश प्रदेश कुनै हालतमा स्वीकार नगर्ने भन्दै दलहरुबीच सहमति नभए विवादित विषय थाती राखेर भए पनि संविधान जारी गर्नु पर्ने बताए ।

दलहरुबीच सहमति नभए ८ माघमा संविधान नबन्ने भन्दै उनले थपे, “अहिले पनि शीर्षस्तरको भनिएको वार्ताबाट आउँदैछु, सहमति हुने छाँट छैन ।”

उनले संविधान जारी गर्ने मिति सर्न सक्ने बताए । भने, “अब सहमतिको प्रयास र प्रक्रिया सँगसँगै अघि बढाउनु पर्छ ।”

माओवादीसहितका दलहरुले सहमति पनि नगर्ने र प्रक्रियामा पनि जान नमानेको उनले बताए ।

एमाओवादीले ८ माघसम्म सहमतिको प्रयास गरौं तर, प्रक्रिया शुरु नगरौं भनेको ओलीले सुनाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>