समाचारशुक्रबार, माघ २, २०७१
उपाध्याय र कार्की भारत र अमेरिकाका राजदूत सिफारिस
सरकारले भारत र अमेरिकको राजदूतमा क्रमशः दीपकुमार उपाध्याय र अर्जुनकुमार कार्कीको नाम सिफारिस गरेको छ ।
२ माघमा बसेको मन्त्रिपरिषद बैठकले भारतमा कांग्रेस नेता दीपकुमार उपाध्याय र अमेरिकामा एनजीओकर्मी अर्जुन कार्कीलाई राजदूतमा नियुक्त गर्न सिफारिस गरेको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताए ।
पूर्व अर्थ राज्यमन्त्री उपाध्याय गत संविधानसभा निर्वाचनमा कपिलबस्तुबाट पराजित भएका थिए। उनी कांग्रेस केन्द्रीय सदस्य पनि हुन् । त्यस्तै आरआरएन (रुरल रिकन्स्ट्रक्सन नेपाल) नामक गैर सरकारी संस्था चलाउने कार्की एमाले निकट हुन् ।
अमेरिका र भारतमा लामो समयदेखि राजदूत पद रिक्त थियो ।
सरकारले सिफारिस गरेका दुवै जनालाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि स्वीकृति (एग्रिमो) का लागि सम्बन्धित देश पठाइनेछ।
