समाचारशनिबार, माघ ३, २०७१

एमाओवादी मोर्चालाई संविधानसभाबाट बाहिर ल्याउँछौः रामबहादुर थापा

हिमालखबर

नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले एमाओवादी नेतृत्वको मोर्चालाई संविधानसभाबाट बाहिर ल्याउने प्रयासमा आफूहरु लागिरहेको दाबी गरेका छन् ।

पार्टीका उपत्यकाका अगुवा कार्यकर्तालाई कुपन्डोलस्थित माओवादी जनवर्गीय सङ्गठनको कार्यालयमा प्रशिक्षण दिँदै उनले सत्तारुढ दलहरुले एमाओवादीको मोर्चालाई पेलेर संविधान लेख्ने तयारी गरिरहेकाले उनीहरु भूमिकाविहीन अवस्थामा संविधानसभामा बस्नुको विकल्प नरहेको धारणा राखे ।

कतिपय विषयमा अन्तरविरोध रहे पनि तत्कालीन कार्यनीतिका रुपमा मोर्चासँग सहकार्य गरी ६ माघदेखि संयुक्त रुपमा आन्दोलन गर्न लागिएको उनले बताए ।

आफ्नो पार्टीले विगतमा भनेजस्तै संविधानसभाबाट अग्रगामी संविधान बन्ने सम्भावना क्षीण बन्दै गएकाले सर्वपक्षीय राजनीतिक सभामार्फत संविधान लेख्नका लागि दबाबमूलक आन्दोलनको तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य कुलप्रसाद केसीले ६ माघदेखि शुरु हुने आन्दोलन ८ माघसम्म निरन्तर रहने जानकारी दिँदै सोहीअनुसार तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>