समाचारशनिबार, माघ ३, २०७१

नेपाललाई युगाण्डाद्वारा१४७ रनको लक्ष्य

हिमालखबर


आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन–टु को पहिलो खेलमा नेपाललाई युगान्डाले १४७ रनको लक्ष्य दिएको छ ।

नामिबियाको एफिज पार्कमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले एक बल बाँकी छँदै ४९.५ ओभरमा १४६ रन दिएर युगाण्डालाई अलआउट गरेको हो ।

नेपालका तर्फबाट कप्तान पारस खड्काले पहिलो तीन विकेट, शक्ति गौचनले चौथो विकेट, वसन्त रेग्मीले दुई विकेट, सोमपाल कामीले दुई विकेट लिएका हुन् । भने दुईवटा रन आउट भएका हुन् ।

कप्तान खड्काले उत्कृष्ट प्रदर्शन गर्दै ७ ओभरमा ३ मेडनसहित मात्र ६ रन दिएर तीन विकेट लिए ।

पारस खड्काको नेतृत्वमा उत्रेको टीम नेपालमा ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, नरेश बुढाएर, शक्ति गौचन, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, सागर पुन, वसन्त रेग्मी र शरद भेषावकर छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>