समाचारशनिबार, माघ ३, २०७१

उद्योगपति श्रेष्ठको निधन

हिमालखबर

नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवम् उद्योगपति इन्द्रभक्त श्रेष्ठको ८९ वर्षको उमेरमा ३ माघमा निधन भएको छ ।

indrabhakta-shrestha२९ असार १९८२ मा जन्मिएका श्रेष्ठले २०१४ सालमा चेम्बर प्रवेश गरी अवैतनिक सचिव, उपाध्यक्ष र अध्यक्ष पदमा रही चेम्बरलाई अमूल्य सेवा दिएका थिए ।

०२९ मा स्थापना भएको एनई ग्रुपका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठलाई निमोनिया र छातीमा संक्रमण भएपछि केही दिनदेखि अस्पताल भर्ना भएका थिए ।

श्रेष्ठ नेपालको उद्योग व्यापार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्ति हुन् । पुस्तैनी व्यापारलाई पेसा बनाएका इन्द्रभक्त नेपाल उद्योग वाणिज्य महासंघका पनि पूर्व अध्यक्ष हुन् ।

उनले ०२७ देखि ०३३ सम्म लगातार दुई कार्यकाल र ०३९ देखि ०४५ सम्म अर्को दुई कार्यकाल चेम्बर अफ कमर्सको अध्यक्ष सम्हालेका थिए । ०३५ मा उनी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएका थिए ।

स्टील उद्योग, विभिन्न इन्भेष्टमेण्ट कम्पनी सञ्चालन गरेका श्रेष्ठको समूह जलविद्युत् उत्पादनमा पनि संलग्न छ । एनई ग्रुपको युनिलिभर नेपाललगायत आठओटा कम्पनीमा साझेदारी सम्बद्धता छ ।

यही समूह अन्तर्गतको एन ट्रेडिङ कम्पनी प्रालि हिमालयन बैङ्कको प्रमुख शेयर होल्डर हो । हाल एनइ ग्रुपको प्रमुख कार्यकारीको दायित्व उनका छोरा रविभक्त श्रेष्ठले सम्हालिरहेका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>