समाचारआइतबार, माघ ४, २०७१

छलफल सकिदै, प्रश्नावली समिति बनाइने

हिमालखबर

संविधानसभामा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफल सकिए लगत्तै प्रश्नावली समिति बनाइने भएको छ ।

सम्वाद समितिको प्रतिवेदनमाथि २ माघबाट छलफल भइरहेको छ । संसद् सचिवालयका अनुसार ४ माघमा नाम टिपाएका सवै सभासद्हरुले धारणा राखिसक्ने र प्रश्नावली समिति बनाउने तयारी भइरहेको छ ।

२४ पुसमा संविधानसभाले चार दिनको लागि सहमति जुटाउन दिएको समयमा पनि दलहरुबीच सहमति नभएपछि संविधानसभामा असहमतिका बुँदाहरुमा छलफल भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>