समाचारआइतबार, माघ ४, २०७१
‘संविधान नदिए जनतालाई के जवाफ दिनुहुन्छ ?’
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले ८ माघभित्रै संविधान जारी गर्नुपर्ने बताएका छन् ।
दाेस्राे संविधानसभाकाे निर्वाचन सम्पन्न गरेका रेग्मीले जसरी निर्धारित समयमा नै संविधान बनाउनुपर्ने बताएका हुन् ।
जेसिआई सिद्धार्थ नेपालको ४०औँ पदस्थापन समारोहलाई भैरहवामा सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश रेग्मीले जनादेशअनुरुप सम्पूर्ण दल जिम्मेवार बनेर तोकिएको समयभित्रै संविधान जारी गर्नुपर्नेमा जोड दिँदै दलहरुले समयमा संविधान दिन नसके जनतालाई जवाफ दिन सक्नुपर्ने बताए ।
समाराेहमा जेसिज विधाबाट हेमन्त अग्रवाल, खेल क्षेत्रबाट वसन्त शाही र पत्रकारिता क्षेत्रबाट शङ्कर पाण्डेयलाई जेसिस सम्मान दिइएको थियो ।
