समाचारआइतबार, माघ ४, २०७१

शीर्ष नेताको बैठक सुरु

हिमालखबर

संविधानसभा भवन नयाँ बानेश्वरमा बसेकाे शीर्ष नेताहरुकाे बैठक । तस्वीर: विक्रम राई

संविधानसभा भवन नयाँ बानेश्वरमा बसेकाे शीर्ष नेताहरुकाे बैठक । तस्वीर: विक्रम राई

संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका शीर्षनेताबीचको बैठक संविधानसभा भवन बानेश्वरमा केही सुरु भएको छ ।

नयाँ संविधानका अन्तर्वस्तुमा देखिएको विवादलाई वार्ता र छलफलका आधारमा सहमतिमा रुपान्तरण गर्ने प्रयासमा शीर्षनेता क्रियाशील छन् ।

पछिल्लो समय संविधानका विवादित विषयलाई सहमतिमा परिणत गर्न साझाबिन्दु पहिल्याउन प्रमुख दलको बैठकले निरन्तरता पाउँदै आएको छ । दलबीच खासगरी सङ्घीयता, शासकीयस्वरुप तथा निर्वाचन र न्यायप्रणालीमा गम्भीर मतभेद छ ।

पछिल्लो समय ती विवादलाई टुङ्ग्याउने विषयमा सहमति कि प्रक्रिया भन्नेमा दलहरु विभाजित देखिएका छन् । सत्तापक्ष लामो समयदेखि जति नै प्रयास गरे पनि सहमति हुन नसकेको भन्दै अब प्रक्रियाद्वारा विवादको छिनोफानो गर्नुपर्छ भन्नेमा उभिएको छ ।

प्रतिपक्ष भने सहमतिको विकल्प नरहेको तर्क गर्दै आएको छ । बैठकमा प्रधानमन्त्री, संविधानसभाका अध्यक्षका साथै प्रमुख तीन दल र मोर्चाका शीर्षनेता सहभागी हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>