थप समाचारसोमबार, माघ ५, २०७१

संविधानका लागि शान्ति पदयात्रा

हिमालखबर

संविधानका लागि शान्ति पदयात्रा

संयुक्त खस क्षत्री एकीकरण समन्वय समितिले निर्धारित समयमा संविधान जारी गर्नुपर्ने माग गर्दै निकालेको शान्ति पदयात्रा । तस्वीरः कृष्णराज गौतम/रासस

संयुक्त खस क्षत्री एकीकरण समन्वय समितिले तोकिएको मितिमा संविधान जारी हुनुपर्ने माग राख्दै शान्ति पदयात्रा गरेको छ । काठमाडौंको भद्रकालीबाट ५ माघमा निकालिएको यात्रा शहीदढोका, न्यूरोड, रत्नपार्क, जमल, घण्टाघर हुँदै कमलादीमा पुगेर समापन भएको थियो ।

क्षत्री, ठकुरी, बाहुन, दशनामी, पहाडी, दलित लगायत समुदायलाई आदिवासीमा सूचीकृत गरी नयाँ संविधानमा संरक्षण गर्नुपर्ने, जातीय आधारमा लागू गरिएका आरक्षण खारेज गरी सबै समुदायका गरिव वर्गको आरक्षण गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने लगायत माग समितिले गरेको छ ।

समितिका संयोजक मानबहादुर थापाले यात्राको शुभारम्भ गर्दै लामो समयसम्म जनताको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न संविधानको खाँचो रहेको र तोकिएको समयमा संविधान जारी गर्न सबै दललाई दबाब दिने उद्देश्यले पदयात्रा गरिएको बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>