समाचारसोमबार, माघ ५, २०७१
कक्षा ११ को परीक्षाफल सार्वजनिक हुँदै
उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । परिषदले ५ माघ दिउँसो परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको स्रोतले जनाएको छ ।
परिषद उच्चस्रोतका अनुसार ५ माघ दिउँसो परिषदको बोर्ड बैठकले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने छ । पुसको अन्तिम साता प्रकाशित गर्ने भनिएको परीक्षाफल अझैसम्म सार्वजनिक भएको छैन ।
परिषदले १–१२ जेठ २०७१ मा देशैभर कक्षा ११ को परीक्षा लिएको थियो । ३ लाख ८३ हजार ४०३ परीक्षार्थीले कक्षा ११ को परीक्षा दिएका थिए ।
परीक्षाको नतिजा www.hseb.ntc.net.np मा हेर्न सकिने छ ।
