समाचारसोमबार, माघ ५, २०७१

एमाओवादीले पुरानै अडान दोहोर्‍यायो, शीर्ष नेताहरुको छलफल जारी

हिमालखबर

सहमतिका लागि दलहरुबीच तीब्र छलफलसंघीयताको विषयमा एमाओवादीले पुरानै अडान दोहोर्‍याएपछि सहमति नजिक पुगेर पनि दलहरुले ठोस निर्णय लिन सकेका छैनन् । ५ माघ बिहान लगभग विवादित सबै विषय टुंगिएको भनिए पनि ११ बजेको बैठकमा एमाओवादी नेताहरुले पुरानै अडान दोहोर्‍याएको एमाले नेता रविन्द्र अधिकारीले जानकारी दिए ।

बैठकमा सहभागी कांग्रेसका एक नेताले एमाओवादी र मधेशकेन्द्रित दलहरुको लचकता देखावटी हुनसक्ने बताए ।

यद्यपी, सहमतिका लागि प्रमुख दलका शीर्ष नेताहरुबीचको छलफल भने जारी छ । दिउँसो साढे चार बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

समितिको बैठकपछि साँझ पाँच बजे भने संविधानसभा बैठक बस्नेछ । यसअघि दिउँसो एक बजेका लागि संविधानसभा बैठक बोलाइएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>