समाचारसोमबार, माघ ५, २०७१
कांग्रेस भातृ संगठनद्वारा आन्दोलन गर्ने चेतावनी
नेपाली कांग्रेसका १६ वटा भातृ संगठनले ८ माघमा संविधान जारी नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । पार्टी कार्यालयन सानेपामा ५ माघमा बसेको भातृ संगठनहरुको संयुक्त बैठकले तोकिएको मितिमा संविधान जारी नभए चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।
उनीहरुले दलहरुबीच सहमतिमै नभए प्रक्रियामा गएर पनि संविधान जारी गर्न भनेका छन् । संविधान घोषणा गराउन दबाबका लागि ६ माघमा प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउने पनि बैठकले निर्णय गरेको छ ।
बैठकमा नेपाल भूतपूर्व सैनिक संघ, नेपाल किसान संघ, नेपाल शिक्षक संघ, नेपाल तरुण दल, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातान्त्रिक लयर्स एशोसिएसन, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल लोकतान्त्रिक खेलकूद संघ, नेपाल सांस्कृतिक संघ, नेपाल शेर्पा संघ, नेपाली जनसम्पर्क समिति (भारत) का केन्द्रीय पदाधिकारी एवं प्रतिनिधिहरुको उपस्थिति थियो ।
