समाचारसोमबार, माघ ५, २०७१
सहमति भयाेभन्नु ‘भ्रामक र तथ्यहीन’: दाहाल
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानका विवादित विषयमा आधारभूत रुपमा कुनै पनि सहमति नभएको बताएका छन् ।
आकस्मिक पत्रकार सम्मेलन गर्दै दाहालले न्याय र निर्वाचन प्रणालीमा मात्रै सहमति भएको तथा अन्य विषयमा छलफल जारी रहेको बताए । उनले भनेे, “सहमति भइसक्यो भनेर आएका सूचना ‘भ्रामक र तथ्यहीन’हुन् ।”
दाहालले नेकपा-माओवादी, संयुक्त आदिवासी जनजाति आन्दोलन समन्वय समितिका प्रतिनिधि समेत लिएर पत्रकार सम्मेलन गरेका थिए । उनले विगतका सहमति तथा सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा नै सहमति हुने वा नहुने भन्ने विषयको ठेगान हुने बताए ।
