समाचारसोमबार, माघ ५, २०७१
बन्द फिर्ता लिन बालअधिकारकर्मीकाे अाग्रह
बालअधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्तिक्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान (सिजप)ले एमाअाेवादी माेर्चालाई बन्द फिर्ता लिन अाग्रह गरेका छन् ।
सीजपले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र नेकपा–माओवादीले संयुक्तरुपमा आयोजना गरेको ६ माघकाे बन्द फिर्ता लिन आग्रह गरेको हाे ।
सिजपले आज एक विज्ञप्तिमार्फत कुनै पनि बहानामा विद्यालय बन्द गर्ने गतिविधि सदाको लागि अन्त्य गर्न अपिल गरेको छ ।
जायज माग राखी विरोध गर्नु लोकतन्त्रसम्मत भएपनि विरोधका नाममा कलिला बालबालिकाको शैक्षिक अधिकारलाई कुण्ठित गर्ने कुनै पनि गतिविधिलाई बालअधिकार सम्मत मान्न सकिदैन विज्ञप्तिमा भनिएको छ ।
