समाचारसोमबार, माघ ५, २०७१
अन्ततः दलहरुबीच सहमति जुटेन
संविधानका विवादित विषयमा ५ माघमा दलहरुबीच दिनभरजसो छलफल भएपनि सहमति भने हुन सकेन ।
संविधानका विवादित अन्य विषयमा दलहरु सहमति नजिक पुग पनि संघीयतामा कुरा मिल्न नसकेपछि दलहरुबीचको बैठक निस्कर्ष विहिन बनेको हो । ४ माघमा प्रमुख दलहरु संविधानका विवादित विषयहरु- शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमत र संघीयतामा सहमतिको नजिक पुगे पनि आज (५ माघ) को छलफलमा एमाओवादीले कुरा फेरेपछि सहमति जुट्न नसकेको हो ।
दलहरुबीच सहमति जुट्न नसकेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
यता, दिउँसो १ बजेबाट संविधानसभा बैठक शुरु हुने भनेपछि संविधानसभा भवन पुगेका दलहरु अहिले पनि संविधानसभामै बसिरहेका छन् ।
