समाचारसोमबार, माघ ५, २०७१
सगरमाथा र हिमाल ग्याँसकाे डिपाे माओवादीको कब्जामा
नेकपा–माओवादीबाट भर्खरै फुटेको नेत्रविक्रम चन्दको नेकपा माओवादीले काठमाडौंमा सगरमाथा र हिमाल ग्याँस कब्जामा लिएको छ ।
चन्द समूहका कार्यकर्ताले ग्याँसको डिपो कब्जामा लिएर ग्राहकहरुलाई बाँडेका हुन् । उनीहरुले हिमाल ग्याँसको १५०० र सगरमाथाको अढाई सय ग्याँस कब्जामा लिएर जनतालाई बाँडेको माओवादीका काठमाडौं इन्चार्ज ईश्वरी दाहालले बताए ।
उनले हिमालखबरसँग भने, ‘‘कालोबजारी गरेको थाहाँ पाएपछि हामीले कब्जामा लिएर बाँडेका हौं ।’’ उनका अनुसार काठमाडौंका ग्राहकहरुलाई निशुल्क रुपमा ग्याँस बाँडिएको छ ।
ग्याँस अभाव भएको भन्दै उनीहरुले लुकाएर राखेको अवस्थामा भेटेपछि कब्जामा लिएको माओवादीले जनाएको छ ।
