समाचारसोमबार, माघ ५, २०७१
नौ घण्टादेखि सभासद्हरु संविधानसभाभित्रै
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा भवन छोडेर अन्यत्र नजान भनेपछि सभासद्हरु नौ घण्टादेखि त्यहीं बसिरहेका छन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय पर्खिरहेका सभासद्हरु नौ घण्टादेखि संविधानसभा भवनमै बसिरहेका हुन् । सभासद्हरुलाई सभाध्यक्ष सुवास नेम्वाङले परामर्श समितिको बैठक पर्खन भनेपछि आफूहरुले बैठकको निर्णय पर्खेर बसेको सभासद् विशाल भट्टराईले बताए ।
उनका अनुसार परामर्श समितिको बैठकमा सहमति नजुटे पनि सभाध्यक्ष नेम्वाङले प्रक्रिया अघि बढाउने बताएका छन् ।
यसअघि, सभासद्हरुले संविधानसभालाई बन्धक नबनाउन भन्दै नाराबाजीको तयारी गरेका थिए ।
