समाचारसोमबार, माघ ५, २०७१
सभाध्यक्षको प्रस्तावमा मोर्चाको असहमति
प्रमुख दलहरुबीच संविधानका विवादित विषयमा सहमति जुट्न नसकेपछि अहिले कार्यव्यवस्था परामर्स समितिको बैठक बसिरहेको छ ।
समितिमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठन गर्ने प्रस्ताव राखेपछि त्यसमाथि छलफल भइरहेको खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बुले बताए ।
उनका अनुसार सत्ता पक्षका नेताहरुले प्रश्नावली समिति गठन गर्ने अध्यक्ष नेम्वाङको प्रस्तावमा सहमति जनाएपनि एमाओवादी मोर्चाले असहमति जनाएको छ ।
नयाँ बन्ने संविधानको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा दलहरुहरुबीच असहमति छ ।
