समाचारसोमबार, माघ ५, २०७१

परामर्श समितिमा पनि सहमति जुटेन

हिमालखबर

प्रमुख दलहरुबीच संविधानका विवादित विषयमा सहमति जुट्न नसकेपछि  कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

समितिमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समितिको प्रस्ताव राखेपछि त्यसमाथि छलफल भइरहेको खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बुले बताए ।

उनका अनुसार सत्ता पक्षले नेम्वाङले राखेको संवादसमितिको प्रतिवेदनका असहतिका विषयमा प्रश्नावली बनाइ संविधानसभामा निर्णयार्थ प्रस्तुत गर्नका लागि समिति गठन गर्ने प्रस्तावमा सहमति जनाएपनि एमाओवादी नेतृत्वको मोर्चाले असहमति जनाएको छ ।

नयाँ संविधानको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा दलहरुहरुबीच असहमति छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>