समाचारसोमबार, माघ ५, २०७१
बैठक शुरु हुनासाथ रोष्टम घेर्ने एमाओवादी माेर्चाको तयारी
एमाओवादी नेतृत्वको मोर्चाले ५ माघ रातिको संविधानसभा बैठकमा रोष्टम घेराउको तयारी गरेको जनाएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वविवेकको निर्णय गर्छु भन्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बैठक शुरु गर्न लागेकाले रोष्टम घेर्न लागेको मोर्चाका एक नेताले बताए ।
उनका अनुसार सभाध्यक्षले बैठक बोलाउनासाथ नाराबाजी थाल्नेगरी प्रतिपक्ष दलका सभासद्हरु तयारीमा छन् ।
यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा अध्यक्ष नेम्वाङले राखेको प्रश्नावली समिति गठनको प्रस्तावमा एमाओवादी मोर्चाले असहमति जनाएको छ ।
