समाचारमंगलबार, माघ ६, २०७१
रातको मध्यान्ह भोः शुरु भएन बैठक
संविधानसभामा सभासद्हरुले बैठक पर्खेर बसेको ११ घण्टा भइसक्दा पनि बैठक शुरु हुन सकेको छैन् ।
४ माघ दिउँसो १ बजे बोलाइएको बैठक ५ माघ विहान शुरु हुँदा पनि बैठक शुरु हुन सकेको छैन । प्रमुख दलका शीर्ष नेताहरुबीच सहमति नहुँदा अहिलेसम्म बैठक शुरु हुन नसकेको हो ।
मधेश केन्द्रित दलका मोर्चासहित प्रमुख चार दलको बैठकमा सहमति नभएपछि बसेको कार्यव्यवस्था परामर्स समितिको बैठकमा पनि सहमति हुन सकेको छैन ।
तर, अहिलेसम्म सभासद्हरु बैठक पर्खेर बसिरहेको सभासद् पाँचकर्ण (पीके) राईले बताए । उनका अनुसार सभाध्यक्षले अहिलेसम्म बैठक शुरु गरेका छैनन् ।
सभाध्यक्ष नेम्वाङले सहमति नजुटे प्रक्रिया थाल्ने भनेर सवै सभासद्लाई बैठक हलमा राखिरहेका छन् ।
(विक्रम राईकाे सहयाेगमा)
