समाचारमंगलबार, माघ ६, २०७१
बाबुरामले भने, ‘हामी गल्ती गर्दैछाैं’
संविधानसभामा जवाफ दिदै संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापित बाबुराम भट्टराईले ८ माघमा सहमतिकाे संविधान जारी गर्ने अझै समय रहेकाेे बताएका छन् ।
उनले प्रतिवेदनमा जवाफ दिदै भने, “हामी गल्ती गर्दै छाैं, तर हामीसँग सहमतिकाे संविधानका लागि समय छ ।”
भट्टराईले नेताहरुकाे निर्वाचन क्षेत्र र चुनाव जित्ने अाधार बिर्सेर घाेषणापत्र हेर्दा अझै समय बाँकी रहेकाे बताए ।
निर्धारित समय भन्दा झण्डै १२ घण्टा पछि संविधानसभा बैठक शुरु भएको छ । ५ माघ दिउँसो १ बजे बोलाइएको बैठक ६ माघ विहान साडे १२ बजेबाट शुरु भएकाे छ ।
दलका शीर्ष नेताहरुबीच सहमति गर्ने भन्दै ५ माघ साँझ ५ बजे सारिएको बैठक ६ माघ विहान ०ः३० बजे सभाध्यक्ष नेम्वाङले शुरु गरेका हुन् ।
