समाचारमंगलबार, माघ ६, २०७१
एमाले अध्यक्ष ओलीमाथि आक्रमण
एमाओवादी मोर्चाका सभासद्हरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्या भण्डारीमाथि आक्रमण गरेका छन् ।
एमाओवादी मोर्चाका सभासद्हरुले अध्यक्ष ओलीको छातिमा माइक्रोफोनले प्रहार गरेका थिए ।
आक्रमणबाट उपाध्यक्ष भण्डारीको खुट्टामा चोट लागेको छ ।
ओलीले सभासद्का नाममा क्रान्तिकारी आएकाले आफुलाई आक्रमण गरेको प्रतिक्रिया दिए । सभासद्हरुको आक्रमणबाट दर्जनबढी सभासद्हरु घाइते भएका छन् ।
नाेट: एमाले अध्यक्ष अाेली हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ ।
